काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६०० रूपैँयाले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार कायम गरिएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४०० रूपैँयामा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रूपैँया कायम गरिएको छ। शुक्रबार चाँदीको मुल्य प्रतितोला ४ हजार ५१० रूपैँयामा कारोबार भएको थियो।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया