काठमाडौं । भारतको मणिपुर राज्यमा खेतमा काम गरिरहेका एक आदिवासी किसानको गोली हानी हत्या गरिएको छ। शनिबार काङपोकपी जिल्लामा भएको घटनामा ५३ वर्षीय हाओलाल सिङसिटको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाओलाल आफ्नी श्रीमतीसँग धान रोपाइँ गरिरहेका बेला हतियारधारी समूहले उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो। धेरै गोली लागेका कारण घटनास्थलमै उनको मृत्यु भएको हो भने उनकी श्रीमती भागेर ज्यान जोगाउन सफल भएकी थिइन्।

घटनापछि प्रहरीले हत्या प्रकरणमा मुद्दा दर्ता गर्दै आक्रमणकारीहरूको खोजी अभियान तीव्र पारेको छ। गोवाजाङ गाउँ कुकी समुदायको अन्तिम बस्ती भएकाले घटनापछि स्थानीयमा त्रास फैलिएको छ।

यसैबीच, शनिबार दिउँसो मैतेई समुदायका केही घरमा आगजनी भएको घटनाले पनि क्षेत्रमा तनाव थप बढाएको छ। प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जनाएको छ।

प्रहरी, सीआरपीएफ, आरएएफ र भारतीय सेनाको संयुक्त टोलीले कम्मङ ल्होवम (६५) र पैगिन हाङसिङ (३०) लाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com