काठमाडौं । चितवनको खैरहनी नगरपालिका–१० निवासी ३५ वर्षीय विकासकुमार श्रेष्ठ बालबालिकासम्बन्धी कसुरको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार आफ्नै ‘नमस्ते मिलिजुली खाजा घर’मा काम गर्ने १७ वर्षीया बालिकामाथि उनले यौनजन्य दुर्व्यवहार गरेका थिए। बालिकालाई शारीरिक सम्बन्धका लागि ५० हजार रुपैयाँ दिने प्रलोभन देखाउनुका साथै संवेदनशील अंग छोएको आरोप उनीमाथि छ।

यस्तै, श्रेष्ठले व्हाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत बालिकालाई सन्देश र भिडियो पठाउने गरेको आरोप पनि प्रहरीले जनाएको छ।

यस घटनापछि प्रहरीले उनलाई पक्राउ गरी बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com