काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुमवासी परिवारसँग छलफल गर्दै गृहमन्त्री गुरुङले सरकारको प्राथमिकता भूमिहीन नागरिकको समस्या समाधान गर्नु रहेको बताए।
उनले सुकुमवासीको समस्या सरकारकै साझा जिम्मेवारी भएको उल्लेख गर्दै समाधानका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखे।
गृहमन्त्री गुरुङले सुकुमवासी तथा भूमिहीनको समस्या समाधानजस्तो संवेदनशील विषयलाई राजनीतिक लाभका लागि प्रयोग गर्न नहुने पनि बताए।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार












प्रतिक्रिया