काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशमार्ग अवरुद्ध हुने गरी शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले उक्त घटनालाई सञ्चारमाध्यममाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने तथा समाजमा त्रास फैलाउने प्रयासका रूपमा टिप्पणी गरेका छन्।

‘विनाशकाले विपरीत बुद्धि’ भन्ने टिप्पणीसहित उनले सञ्चार प्रतिष्ठानको प्रवेशद्वार नै अवरुद्ध हुने गरी गरिएको पार्किङ स्वतन्त्र सञ्चारमाथि दबाब सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिएको उल्लेख गरेका छन्।

पोखरेलले यस्ता गतिविधिले सञ्चारमाध्यम, पत्रकार र आम समाजलाई भयभीत बनाउने उद्देश्य बोकेको देखिए पनि लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नसक्ने बताएका छन्।

उनले स्वतन्त्र प्रेसमाथि कुनै पनि प्रकारको दबाब वा त्रास सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक संस्कृतिविपरीत हुने भन्दै यस्ता घटनाप्रति सम्बन्धित निकायले गम्भीर रूपमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com