काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले केही सञ्चारगृह र कांग्रेस सभापति गगन थापाको निवासअगाडि नियोजित रूपमा सवारीसाधन तेर्स्याएर प्रवेशमार्ग अवरुद्ध गरिएको घटनाको कडा निन्दा गरेका छन्। उनले यसलाई राज्यशक्तिको दुरुपयोग र सरकारद्वारा गरिएको सस्तो स्टन्टको संज्ञा दिएका छन्।

पौडेलले सरकार आफ्ना असफलता लुकाउन अराजकताको प्रायोजक बनेको आरोप लगाउँदै नागरिक र सञ्चारमाध्यमका जायज प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्। साथै, यस्ता गतिविधिबाट स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिलाई तर्साउन नसकिने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com