काठमाडौं । लगातारको वर्षापछि आएको बाढीमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा एक स्कुटी चालक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार कुलेखानी ड्याम नजिक खोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीले बगाएको हो। बेपत्ताको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थानीयवासीसँग मिलेर खोजी अभियान जारी राखेको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार











प्रतिक्रिया