काठमाडौं । जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई कैद सजाय सुनाएको छ।
अदालतले रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा खाँणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग सम्बन्धित मुद्दामा दुवै जना दोषी ठहर भएपछि सजाय निर्धारण गरिएको हो।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार













प्रतिक्रिया