काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने भ्रमणका लागि बुधबार श्रीलंका प्रस्थान गरेका छन्।
उनका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनी प्रवासी नेपाली समुदायले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन श्रीलंका गएका हुन्।
यद्यपि, उक्त कार्यक्रमको स्वरूप, स्थान र आयोजकबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। आचार्यले कार्यक्रमबारे थप जानकारी आफूहरूसँग पनि उपलब्ध नभएको बताए।
प्रचण्डको भ्रमण तीन दिनको रहने जनाइएको छ। भ्रमणका क्रममा उनी प्रवासी नेपालीसँग अन्तरक्रिया तथा अन्य निर्धारित कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया