काठमाडौं । लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ।

वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो। लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मर्मत–सम्भार तथा सरसफाइ पनि हुन नसक्दा रंगशालाको अवस्था अस्तव्यस्त देखिएको थियो।

केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूले मैदान झाडीले ढाकिएको र उचित संरक्षण हुन नसकेको विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशित गरेपछि सम्बन्धित निकायले मैदानको सरसफाइ तथा घाँस काट्ने काम थालेको हो।

हाल मैदानमा घाँस काट्ने र सरसफाइ गर्ने कार्य भइरहेको छ। मैदानलाई पुनः खेल सञ्चालनयोग्य बनाउन आवश्यक मर्मत तथा व्यवस्थापनका अन्य काम पनि अघि बढाइएको छ ।

दशरथ रंगशाला नेपालकै प्रमुख अन्तर्राष्ट्रिय खेलस्थल हो। यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलसहित विभिन्न खेल प्रतियोगिता सञ्चालन हुँदै आएका छन्। तर पछिल्लो समय नियमित खेल गतिविधि नहुँदा मैदानको संरक्षण र व्यवस्थापनप्रति प्रश्न उठ्दै आएको थियो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com