काठमाडौं । काठमाडौं महानगरपालिका–२७ रत्नपार्क क्षेत्रमा ईभी माइक्रोबसको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ७३ वर्षीय माधवप्रसाद खनालको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

बुधबार विद्युत् प्राधिकरण कार्यालय अगाडि सडक पार गर्ने क्रममा बागमती प्रदेश–०१–००२ ज ७०१२ नम्बरको ईभी माइक्रोबसले खनाललाई ठक्कर दिएको थियो। दुर्घटनापछि तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर लगिएको भए पनि उपचारकै क्रममा उनको ज्यान गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।

मृतक खनालको स्थायी घर काभ्रे भए पनि हाल उनी बुढानीलकण्ठमा बसोबास गर्दै आएका थिए।

दुर्घटनामा संलग्न माइक्रोबस रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। घटनापछि चालक मकवानपुर निवासी २१ वर्षीय रामबहादुर थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com