काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न पुनः अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै गतिविधि स्थगित गर्न आदेश दिएको हो। यसअघि पनि सर्वोच्चले आयोगका काम रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले केही व्यक्तिबाहेक अन्यको सम्पत्ति छानबिनलाई निरन्तरता दिने सूचना जारी गरेको थियो।
उक्त सूचना अदालतको आदेशको अवज्ञा भएको भन्दै अधिवक्ता मनीराम उपाध्यायले रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आयोगले जारी गरेको सूचना कार्यान्वयन नगर्न तथा आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न पुनः अन्तरिम आदेश जारी गरेको हो।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार












प्रतिक्रिया