काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रशासनिक विषय, विभिन्न मन्त्रालयबाट प्रस्तुत नियमित प्रस्ताव तथा सरकारका नीतिगत एजेन्डामाथि विस्तृत छलफल हुने छ।

बैठकबाट विभिन्न मन्त्रालयका प्रस्तावमाथि आवश्यक निर्णय गर्नुका साथै सरकारका प्राथमिकतासँग सम्बन्धित विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण उपलब्ध गराइनेछ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com