काठमाडौं । कपिलवस्तु–३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा)माथि कुटपिट गरेको आरोपमा जाहेरी परेपछि जिल्ला प्रहरीले शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहर भट्टका अनुसार शाहको खोजी भइरहेको छ।
उक्त घटनामा सामूहिक आक्रमण भएको आरोप लागेपछि कारबाहीको माग गर्दै विभिन्न पक्षबाट दबाब बढिरहेको थियो। त्यसपछि प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया