काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा संविधान संशोधन, राजसंस्थाको विषय, स्वास्थ्य बीमा, रासायनिक मलको अभाव, सुकुम्बासी समस्या, शिक्षा, स्वास्थ्य तथा विद्युत् क्षेत्रमा लगाइएको करलगायत समसामयिक राष्ट्रिय विषयमा छलफल भएको जनाइएको छ।
छलफलपछि अध्यक्ष लिङ्देनले राजसंस्थाका पक्षमा सरकारले निर्णय लिए राप्रपाले समर्थन गर्ने धारणा राखेको बताए।
साथै, होल्डिङ सेन्टरमा रहेका अशक्त, अपाङ्गता भएका व्यक्ति, बिरामी र बालबालिकाको शिक्षा तथा उपचार सुनिश्चित गर्नुपर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुराकानी भएको जानकारी दिए।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया