काठमाडौं। न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गरेको छ।
हालका अध्यक्ष सुदर्शनदेव भट्टको कार्यकाल सकिएपछि आचार्यलाई उक्त जिम्मेवारीका लागि अघि सारिएको हो। परिषद्ले यससँगै उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा तथा श्रम अदालत र राजस्व न्यायाधिकरणसहित विभिन्न न्यायिक निकायमा नयाँ नेतृत्वका लागि पनि सिफारिस गरेको छ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया