काठमाडौं ।  बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका छन्। ललितपुर प्रहरीले उनलाई पाँच दिनअघि पक्राउ गरी प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेको जनाएको छ।

प्रहरीका अनुसार ग्राउन्ड ह्यान्डलिङ स्टाफका रूपमा कार्यरत आफ्नी पत्नीमाथि कुटपिट गरेको आरोपमा कसजुमाथि अनुसन्धान भइरहेको छ। कुटपिटसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ भने उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com