काठमाडौं । विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर प्रदर्शन गरेपछि बेलायतले फिफासमक्ष उजुरी दिएको छ।

बेलायती सरकारले उक्त घटनालाई खेलमा राजनीतिक सन्देश प्रस्तुत गरिएको भन्दै फिफासँग छानबिनको माग गरेको हो। बिजनेस मन्त्री पिटर काइलले यसलाई फिफाको राजनीतिक प्रतीक प्रदर्शनसम्बन्धी नियमको उल्लङ्घन भएको बताएका छन् भने प्रधानमन्त्री केइर स्टार्मरको कार्यालयले पनि उनको धारणा समर्थन गरेको छ।

फिफाले हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। फकल्याण्ड्स टापुमा बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि स्वामित्व विवाद रहँदै आएको छ। १९८२ मा भएको युद्धमा दुवै पक्षका सयौं सैनिकको ज्यान गएको थियो।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com