काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका- ७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो ।

दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com