काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६ वटा प्रमुख राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार साँझसम्म बाढी, पहिरो र लेदोका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएका हुन्।
अवरुद्ध हुने राजमार्गमा बिपी राजमार्ग, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग (दुई स्थान), र बागलुङको कालीगण्डकी करिडोर रहेका छन्। साथै, जोखिमका कारण बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया