काठमाडौं। महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडिको सडकमा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। दुर्घटनामा भारतीय नम्बर प्लेटको कार, एक ट्याक्सी र तीन मोटरसाइकल संलग्न थिए।
घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये ६५ वर्षीया एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया