काठमाडौं ।  मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको घोपा अस्पताल, धरानमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यस्तै, सुनसरीको इनरुवा नगरपालिका–८ स्थित पुथौधारा खोलामा डुबेर १४ वर्षीय कृष्ण साहको मृत्यु भएको छ। नुहाउने क्रममा बेपत्ता भएका उनको खोजीपछि शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com