काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको घोपा अस्पताल, धरानमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
यस्तै, सुनसरीको इनरुवा नगरपालिका–८ स्थित पुथौधारा खोलामा डुबेर १४ वर्षीय कृष्ण साहको मृत्यु भएको छ। नुहाउने क्रममा बेपत्ता भएका उनको खोजीपछि शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया