काठमाडौं । बर्दियास्थित भूमि प्रशासन कार्यालयको परिसरमै मदिरा सेवन गरेको आरोपमा तीन कर्मचारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालयका एक खरिदार, एक चालक, गुलरिया नगरपालिकाले मालपोत कार्यालयमा सञ्चालन गरेको भू–सेवा केन्द्रका एक कर्मचारी तथा दुई जना महिला लेखनदास रहेका छन्।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले घटनाको पुष्टि गर्दै पक्राउ परेकाहरूको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए। सरकारी कार्यालयभित्र मदिरा सेवन गरिएको आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया