काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–९ स्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक २८ वर्षीय सुजन नेपाली र १४ वर्षीय शिशिर लामिछानेको उपचारका क्रममा मृत्यु भएको हो। घाइते भएका २२ वर्षीय उदय सापकोटाको प्रदेश अस्पताल, कुश्मामा उपचार भइरहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com