काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोको उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। आवश्यकता अनुसार जुनसुकै बेला सवारी सञ्चालन बन्द गर्न सकिने निर्णयसमेत गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सडक खुलाउन आवश्यक हेभी उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया