काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति र भोलि उपत्यकामा वर्षा थप तीव्र हुन सक्ने तथा नदी–खोलाको जलसतह बढ्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका मौसमविद् विनोद पराजुलीले नदी तथा खोला किनार र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनका अनुसार मनसुनको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले बाढी तथा डुबानको जोखिम बढ्न सक्छ। मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउँदै आवश्यक सावधानी अपनाउन पनि उनले अनुरोध गरेका छन्।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया