काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार चितवनबाट दुई जना पुरुषलाई नियन्त्रणमा लिएको हो।

​सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्ने, निरन्तर गालीगलौज गर्ने, धम्की दिने तथा घृणास्पद अभिव्यक्ति (हेट स्पिच) फैलाउने कार्य भइरहेको भन्दै शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्। उजुरी दिएलगत्तै उनले आरोपीहरूको तस्बिर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।

​सोही उजुरीका आधारमा ब्युरोले प्राविधिक अनुसन्धान गरी उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य आरोपीहरूको खोजी कार्य भइरहेको साइबर ब्युरोले उल्लेख गरेको छ।

​यसअघि पनि सांसद ओलीले दिएको यस्तै प्रकृतिको उजुरीका आधारमा ब्युरोले एक जनालाई पक्राउ गरिसकेकाे छ ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com