काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज र आइतबार अति भारी वर्षाको सम्भावना औँल्याएपछि आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत र म्याग्दीमा रातिको समयमा सवारी सञ्चालन रोकिनेछ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज र आइतबार कास्कीबाट छुट्ने तथा जिल्ला हुँदै आवतजावत गर्ने सबै रात्रिकालीन यातायात सेवा पूर्ण रूपमा बन्द रहनेछ। विपद् प्रतिकार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया