काठमाडौं। नेकपा एमालेको भूमिकालाई संसदमा प्रभावकारी बनाउन आज संसदहरुसँग अन्तरक्रिया गर्दैछ ।

पार्टीको संसदीय विभागले विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरुले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिने विभागका प्रमुख एवम् पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् । अर्यालका अनुसार संसद सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरुलाई जानकारी गराउने छन् ।

उनले संसदीय समितिहरुका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिनेछन् । यसैगरी पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरुको कर्तव्यका विषयमा प्रशिक्षण दिने अर्यालले बताइन् । उनका अनुसार हरेक सांसदले पार्टी नीति अनुरुप संसदमा भूमिका निर्वाह गर्नुपर्ने भएकोले सम्बन्धित विषयमा पार्टीका विभागहरुसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्नेछन् ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरुलाई पनि जानकारी गराइएको छ । सम्बन्धित विभागहरुले विषय विज्ञता भएका व्यक्तिहरुको नाम सिफारिस गरेर सांसदहरुलाई संसदीय विषयवश्तुहरुमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ । कार्यक्रममा दुवै सदनका सांसद सहभागी हुनेछन् ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com