काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्वको सरकारको कामलाई मध्यनजर गर्दै सुझाव दिएका छन्।

उनले शाह नेतृत्वको सरकारले गरेका पछिल्ला कामहरू प्रति असन्तुष्टि पोख्दै सुझाव दिएका हुन्। उनले एकैचोटी धेरै चरा मार्न खोज्दा कुनै चरा पनि नमर्ने र ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुने बताएका छन्।

जेनजी विद्रोहको पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित सत्तासीन नयाँ सरकारले देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै ध्यान केन्द्रित गर्दा उपयुक्त हुने बताए। ‘एकैचोटी धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन! ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ! उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘जेनजी विद्रोहको पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित सत्तासीन नयाँ सरकारले एकैचोटी धेरैतिर हात हाल्नुसट्टा यति बेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्यदृष्टि लगाउँदा राम्रो होला!’

यस्तै, भट्टराईले देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही काम गर्दा नै राम्रो हुने सुझाव समेत दिएका छन्।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com