काठमाडौं । काठमाडौंको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिक लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा गोली चलेको छ। घटनामा एक भारतीय नागरिक घाइते भएका छन्।

प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोको टोली उक्त क्षेत्रमा पुगेको थियो। अपरेसनका क्रममा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाइएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

गोली लागेर घाइते भएका भारतीय नागरिकलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनास्थलबाट घाइतेसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको जनाएको छ। साथै, घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com