काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। घटनालाई शंकास्पद मान्दै प्रहरीले हत्या हुन सक्ने कोणबाट अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार गेस्ट हाउसको एउटा कोठाबाट दुर्गन्ध आएपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले कोठाभित्र २५ वर्षीया निशा सुनुवारको शव फेला पारेको हो।
प्रहरीका अनुसार सुनुवार कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी थिइन्।
शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। घटनाको वास्तविक कारण खुल्न पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानको प्रतिक्षा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई शंकास्पद मृत्युका रूपमा लिएर हत्या हुन सक्ने सम्भावित कोणसहित विस्तृत अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार













प्रतिक्रिया