काठमाडाैं । नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रूपैयाँ बढेर दुई लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार













प्रतिक्रिया