काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालस्थित भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै एकल भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार दुवै भेट एकै दिन फरक–फरक समयमा हुनेछ। यसअघि उनले विभिन्न देशका राजदूतसँग सामूहिक भेट गरे पनि एकल वार्ता गरेका थिएनन्।

प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत छाङ माओसँगको भेटमा नेपालको विदेश नीति, द्विपक्षीय सम्बन्ध र छिमेकी राष्ट्रसँगको सहकार्यलाई थप मजबुत बनाउने विषयमा आफ्नो धारणा राख्ने तयारी गरेका छन्। यी भेटलाई सरकारको कूटनीतिक पहलका रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com