काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्ड पहिरो, लेदो र हिलोका कारण अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बिपी राजमार्ग, कान्ति लोकपथ, अरनिको राजमार्ग, मेची राजमार्ग, कालीगण्डकी करिडोर, त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, रुकुम–घोराही सहिद मार्ग तथा मध्यपहाडी लोकमार्गसहितका सडकमा सवारी आवागमन प्रभावित भएको छ।
प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार













प्रतिक्रिया