काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू छिट्टै नेपाल फर्किने प्रतिबद्धता व्यक्त गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय एकताको रक्षाका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेका छन्।
बीपी स्मृति दिवसका अवसरमा जारी वक्तव्यमा देउवाले विदेशमा रहे पनि आफ्नो चिन्ता देश र जनताप्रति नै केन्द्रित रहेको बताएका छन्। उनले लोकतान्त्रिक व्यवस्था, स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थामाथि दबाब सिर्जना गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई सहकार्य गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया