काठमाडौं । चाबहिलस्थित कुमारीगालमा चारतले घरको छतबाट हामफालेका ४९ वर्षीय कपडा व्यवसायी नवीन अग्रवालको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार गम्भीर घाइते भएका अग्रवालको स्तुपा अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। घटनास्थलबाट विषादीको बट्टा बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको खुलेको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया