काठमाडौं ।  प्रमुख विपक्षी नेता राहुल गान्धीले विद्यार्थी आन्दोलनमाथि भएको प्रहरी दमनको विरोध गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन्।

प्रधानमन्त्री निवास नजिक भएको प्रदर्शनका क्रममा गान्धीले सरकारले शिक्षा प्रणालीको संकटप्रति जवाफदेही हुन नसकेको आरोप लगाए। नीट परीक्षा विवाद, प्रश्नपत्र चुहावट र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनपछि राहुल गान्धीसहित केही विपक्षी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com