काठमाडौं । प्रमुख विपक्षी नेता राहुल गान्धीले विद्यार्थी आन्दोलनमाथि भएको प्रहरी दमनको विरोध गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन्।
प्रधानमन्त्री निवास नजिक भएको प्रदर्शनका क्रममा गान्धीले सरकारले शिक्षा प्रणालीको संकटप्रति जवाफदेही हुन नसकेको आरोप लगाए। नीट परीक्षा विवाद, प्रश्नपत्र चुहावट र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनपछि राहुल गान्धीसहित केही विपक्षी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया