काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ ।

आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पदाधिकारीलगायत सहभागी भएका थिए । ललितपुरको यूएन पार्कबाट पाँच किलोमिटर दौड सुरु भएको थियो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औं स्मृति दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउने क्रममा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ‘ग्रिन रन’ आयोजना गरेको हो ।

तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com