दाङ । दाङको तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–६, रजौरास्थित मनिराम चन्दको निर्माणाधीन घरको खाली पानी ट्याङ्कीभित्र बुधबार दुई जना मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अक्सिजनको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थलको अवस्था र प्रारम्भिक सूचनाका आधारमा मृतकहरू निर्माण कार्यमा संलग्न मजदुर र ठेकेदार हुन सक्ने अनुमान गरिएको भए पनि उनीहरूको औपचारिक पहिचान अझै हुन बाँकी छ।
जिल्ला प्रहरी कार्यालय दाङले मृतकको पहिचान, घटनाको वास्तविक कारण तथा अन्य पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया