काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले महामन्त्री गगन थापाको नेतृत्वमा छुट्टै महाधिवेशनको तयारी भइरहेको दाबी गर्दै पार्टीभित्र नयाँ राजनीतिक धार निर्माणको संकेत गरेका छन्।
काठमाडौंमा इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेस बलियो नभए मुलुक नै राजनीतिक अस्थिरतातर्फ धकेलिने चेतावनी दिए। उनले प्रदेशस्तरका भेला सम्पन्न भइसकेको उल्लेख गर्दै अब केन्द्रीय भेला आयोजना गरिने बताए।
बस्नेतले आफूहरूको उद्देश्य कांग्रेस फुटाउने नभई पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने रहेको दाबी गर्दै गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई कमजोर हुन नदिने बताए।
उनले पछिल्लो निर्वाचनमा गगन थापाको नेतृत्वमा अघि बढ्दा पार्टी कमजोर बनेको आरोप लगाउँदै काठमाडौं–४ बाट निर्वाचन लडेको भए गगन थापाको जमानतसमेत जफत हुने दाबी गरे।
बस्नेतका अनुसार गगन थापा नेतृत्वको समूहले भदौ २ गतेदेखि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। उनले ढिलाइ नगरी बीपी कोइरालाले परिकल्पना गरेको कांग्रेसलाई पुनर्स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।
पार्टीभित्र सहमतिको सम्भावना नरहेको जिकिर गर्दै बस्नेतले नेतृत्वलाई नयाँ राजनीतिक अभियान अघि बढाउन नडराउनसमेत आग्रह गरे।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया