काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो।
शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले खोजी गरिरहेको थियो। उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा पेस गर्ने तयारी भइरहेको सीआईबी प्रमुख एवं एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
प्रहरीका अनुसार अग्रवालविरुद्धको मुद्दामा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया