काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गर्न चाहने सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणका लागि नयाँ समय तालिका लागू गरिएको छ।
अर्थमन्त्रीको समय व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ भेटघाट व्यवस्था लागू गरिएको उनको सचिवालयले जनाएको छ।
नयाँ तालिकाअनुसार अब अर्थमन्त्री वाग्लेसँग मंगलबार, बुधबार र बिहीबार मात्रै भेटघाट गर्न सकिनेछ। ती तीन दिन अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म भेटघाटको समय निर्धारण गरिएको छ।
भेटघाटका लागि इच्छुक व्यक्तिले सचिवालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी भेटको उद्देश्य तथा विषय खुलाउनुपर्नेछ। त्यसपछि सचिवालयमार्फत अग्रिम समय लिएर मात्र अर्थमन्त्रीसँग भेट गर्न सकिने व्यवस्था गरिएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार












प्रतिक्रिया