काठमाडौं । भारतको कोलकत्ताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म सिधा कार्गो रेल सेवा सञ्चालनमा आएपछि उद्योगी तथा व्यवसायी उत्साहित भएका छन्। उनीहरूले यस सेवाले तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ तथा अन्य सामग्रीको ढुवानी समय र लागत दुवै उल्लेख्य रूपमा घट्ने विश्वास व्यक्त गरेका छन्।
व्यवसायीहरूका अनुसार रेलमार्फत सामान आयात गर्दा सडक मार्गको तुलनामा ३५–४० प्रतिशतसम्म ढुवानी खर्च बचत हुने, सामान सुरक्षित रहने तथा अन्तर्राष्ट्रिय व्यापार अझ प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ। साथै, भविष्यमा यही सेवामार्फत नेपालमा उत्पादित वस्तुको निर्यात पनि सहज, छिटो र सस्तो हुने विश्वास उद्योगीहरूले व्यक्त गरेका छन्।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार












प्रतिक्रिया