काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट पक्राउ परेका प्रतिवादीलाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दाका रहेका छन् भने चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण, लुटपाट, कुटपिटलगायत विभिन्न मुद्दाका फरार अभियुक्त पनि समेटिएका छन्।

पक्राउ परेकाहरूलाई अदालतले ६ दिनदेखि ४ वर्षसम्म कैद तथा ५०० रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवानाको फैसला सुनाएको थियो। प्रहरीले फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीको खोजी र पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com