काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया