काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ बजेटको प्रभावकारी कार्यान्वयनसँगै सरकारले निर्धारण गरेको राजस्व संकलनको लक्ष्य हासिल गर्न आन्तरिक राजस्व विभागलाई सक्रिय रूपमा अघि बढ्न निर्देशन दिएका छन्।

अर्थमन्त्री वाग्लेले बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गर्दै बजेट कार्यान्वयनको अवस्था तथा चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको राजस्व लक्ष्य प्राप्त गर्न विभागले गरिरहेको तयारीबारे जानकारी लिएका हुन्।

अनुगमनका क्रममा अर्थमन्त्री वाग्ले र अर्थसचिव उपाध्यायले विभाग तथा देशभरका मातहत कार्यालयमा कार्यरत कर्मचारीलाई बजेट कार्यान्वयन र राजस्व संकलनलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको संगठनात्मक संरचना, चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको राजस्व संकलन लक्ष्य तथा लक्ष्य प्राप्तिका लागि भइरहेको तयारीबारे अर्थमन्त्रीसमक्ष प्रस्तुतीकरण गरेका थिए।

अर्थमन्त्री वाग्लेले राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै निर्धारित लक्ष्य हासिल गर्न विभागले आवश्यक रणनीति र कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com