काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश शर्मा बिहीबार भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा दुई देशका न्यायपालिकाबीचको सम्बन्ध तथा आपसी अनुभव आदानप्रदानका विषयमा समेत छलफल हुने जनाइएको छ।
प्रधानन्यायाधीश शर्मासँगै उनकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती पनि भ्रमण टोलीमा सहभागी छन्।
प्रधानन्यायाधीश शर्मा साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया